Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

142.राम शरण श्रेष्ठका १० मुक्तकहरू

1.मुक्तक 
सम्झेरै वित्छन् हर दिन हर रात ।।
त्यसै ढल्किन्छन् हर दिन हर रात ।।
मेरो मुस्कान कता हरायो हरायो 
कसैले सम्झिन्छन् हर दिन हर रात ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2.मुक्तक 
खेजेको मान्छे नपाएपछी ।।
मुटुबाट उस्ले हटाएपछी ।।
अन्तै बसाई सरेर गइन
मेरो घर पुरै जलाएपछी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

3.मुक्तक  
गुलाब हैनमैले काँडा पाकोछु ।।
प्रेमको बदला धोका खाकोछु ।।
उसैले मलाई सिध्याएर गयो 
जसलाई दिलमा सजाकोछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

4. .मुक्तक  
सबैलाई सब थोक प्राप्त हुँदैन ।।
समयनै बलवान परास्त हुँदैन ।।
जति पुजा गरेपनि ढुङ्गालाइ त
किन किन यो मन सान्त हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप । 

5.मुक्तक  
उस्ले अन्तिम प्रहरमा हुँदैन भनी ।।
मेरो प्रेमको उक्तरमा हुँदैन भनी ।।
यात्रा धेरै अगाडि बढिसकेपछी 
अचानक बिच सफरमा हुँदैन भनी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

6.मुक्तक  
घटायौ दुरी कसरी कसरी ।
बन्यौ जरुरी कसरी कसरी ।
तिम्रो बसमा पारेर चलायौ,
प्रेमको हुरी कसरी कसरी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 


7.मुक्तक  
नजरको हमला अति भो 
लिनुपर्छ बदला अति भो 
आइरहन्छ र सताइरहन्छ
यो आतंकित कला अति भो ।
राम शरण श्रेष्ठ

8..मुक्तक  
बन जँगल मासिनाले । 
यी रुखहरु काटिनाले ।
मरुभुमि बन्ला संसार 
जलबायु बदलिनाले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

9.मुक्तक
स्कूल पठाउँ बच्चाहरुलाई ।।
विद्दान बनाउँ बच्चाहरुलाई ।।
बाल श्रमिक राख्नु हुँदैन 
काम नलगाउँ बच्चाहरुलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

10.मुक्तक
स्वच्छ जलवायु बढाउनु पर्छ अब ।।
मान्छेको आयु बढाउनु पर्छ अब ।।
जनचेतनाका कुराहरु पनि गरौन 
प्रकृतिको दिर्घायु बढाउनु पर्छ अब ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

0 comments:

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker