140.मोहन बिहानीका पाँच मुक्तक
![]() |
| मोहन बिहानी |
***************
पहिले मलेसिया अहिले कतारमा छु ।
छिट्टो पैसा कमाउने हतारमा छु ।।
साहुको ब्याज बढदैछ दिनका दिन ,
म त सयकडा पाँचको कडा मारमा छु ।।
copyright मोहन बिहानी
भक्तिपुर सात सर्लाही
*******************
2.मुक्तक
***************
अंगालोमा बाँधिएर बस्न पाए हुन्थ्यो ,
कहिलेकाही तिम्रो काखमा खस्न पाए हुन्थ्यो ।
तडपिएर कति बस्नु संम्झि तिमीलाई ,
सधै भरी तिम्रो दिलमा पस्न पाए हुन्थ्यो ।
मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
www.mohanbihani.blogspot.com
3. मुक्तक
***************
कसैको दिलमा पस्तैछु म त ।
मुटुको कुनामा बस्तैछु म त ।।
जानेर हो कि अन्जानमा सायद,
मायाको दलदलमा फस्तैछु म त ।
Copyright@मोहन बिहानी
भक्तिपुर सात सर्लाही
******************************
4. मुक्तक
गरिबीका पुराना ति दिन सम्झदैछु,
अरब आउँदा ले को ऋण सम्झदैछु।
पत्याएनन् दुइ पैसा कसैले नि मलाई,
धितो राखेको घरबारी जमिन सम्झदैछु।
Copyright@मोहन बिहानी
भक्तिपुर सात सर्लाही
5. मुक्तक
***************
पहिले राम्ररी चिनाजानी हुनुपर्छ।
अनि पो खुलेर कुराकानी हुनुपर्छ ।।
प्रेमको सागरमा बेस्सरी डुब्दै गएसी,
सबैले सम्झने प्रेम कहानी हुनुपर्छ।
copyright मोहन बिहानी
भक्तिपुर सात सर्लाही
7:18 PM | Labels: मोहन बिहानी | 0 Comments
139.मोहन बिहानी का 5 छेस्काहरु
मोहन बिहानी का छेस्काहरु
*********************
![]() |
| मोहन बिहानी |
**************************
यमलोक जाने गाडि रोकेर आउदैछु ,
जीवनको राजिनामा ठोकेर आउदैछु।
छिट्टो मुक्ती गरिदेउ यमराज भन्दै,
मृतुको प्रमाणपत्र बोकेर आउदैछु।
***********************
मुक्तक-2
*************
बसन्त नै आए पनि फुल्ने छैन अब
भवराँ झै फुल खोज्दै डुल्ने छैन अब
पिडा दुख कति छन् यो छाति भित्र हेर,
हाँसी हाँसी पराई भाको भुल्ने छैन अब।
मुक्तक -3
*************
दुई दिन टाढा हुदैमा नबस रोएर,
नभिजाउ परेलि आँसुले धोएर,
सम्झनाले सारै सतायो भने मेरो,
बस्दै गर प्रीय पुराना तस्बिर छोएर।
*****************************
मुक्तक-4
************
तिम्रो दाउमा म सधै हार्न तयार छु,
खुशि तिम्रो पोल्टामा पार्न तयार छु।
तिम्रो खुशियालीमा रमाउने आदत भएसी,
आफ्ना ईच्छा चाहना मार्न तयार छु।
copyright @मोहन बिहानी
भक्तिपुर सात सर्लाही
**********************
मुक्तक
********
तिमीले तान्यौ कर्के नजरले,
लोभ्यायौ तिम्रो गुलाबी अधरले,
अकस्मात् बिरानो भयौ कसरी?
टाढा पो भईछौ कस्को खबरले?
मोहन बिहानी
भक्तिपुर सात सर्लाही
7:13 PM | Labels: मोहन बिहानी | 0 Comments
135---------2-छेस्का

भेट्दा खुशिले आँसु झरेको पल,
रहदा सङ्ग सङ्गै माया छरेको पल,
बिर्सन खोज्दा नि भुल्नै सकिन मैले
तिमीलाई आफ्नो ठानि माया गरेको पल l
Copyright@--मोहन बिहानी
भक्तिपुर-७ सर्लाही --
------------2--------------
बसन्त नै आए पनि फुल्ने छैन अब
भवराँ झै फुल खोज्दै डुल्ने छैन अब
पिडा दुख कति छन् यो छाति भित्र हेर,
हाँसी हाँसी पराई भाको भुल्ने छैन अब।
मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
www.mohanbihani.blogspot.com
1:06 AM | Labels: मोहन बिहानी | 0 Comments
131.मोहन बिहानीका मुक्तकहरु
1.मुक्तक
भो पुरानो घाउ अब त्यो साथको कुरा नगर,
टेलिफोन मा दिनहुँ हुने बातको कुरा नगर,
बर्षौ भयेछ दुई किनारा भै छुट्टिएको अब त
अतितका दिन सम्झाउने त्यो रातको कुरा नगर।
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
2.मुक्तक
रै भएछ छ कुम जोडी सङ्गै गीत नगाएको,
तिमीलाई भेट्न भनि डाडाँ पारी धाउदै नधाएको //
बाँच्नु पर्ने रहेछ आखिर टाढा टाढा छुट्टिएर ,
त्येही भएर हो कि मलाई तिम्रो याद न आएको ?
मोहन बिहानी,भक्तिपुर-७ सर्लाही -
3.मुक्तक
धेरै भएछ छ कुम जोडी सङ्गै गीत नगाएको,
तिमीलाई भेट्न भनि डाडाँ पारी धाउदै नधाएको //
बाँच्नु पर्ने रहेछ आखिर टाढा टाढा छुट्टिएर ,
त्येही भएर हो कि मलाई तिम्रो याद न आएको ?
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
4.मुक्तक
जाँदै थिएँ बाइकमा माइक्रोबसबाटै हाई भनि,
जाउन घुम्न बाइकमा भन्दा हतारमा छु नाई भनि,
गर्न थालि मोबाईलमा गफ दिनहुँ माया प्रेमको,
प्रेम प्रस्ताब राख्न नपाई तपाई त मेरो दाइ भनि।
मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही
5.मुक्तक
सुशेलेर बोलाएको हिजो जस्तो लाग्छ,
मलाई हेरी टोलाएको हिजो जस्तो लाग्छl
दुई ज्यान एक हुदै तातिएको हाम्रो बदन,
अकस्मात् सेलाएको हिजो जस्तो लाग्छl
copyright @ मोहन बिहानी, भक्तिपुर-७ सर्लाही
http://mohanbihani.blogspot.
10:30 AM | Labels: मोहन बिहानी | 0 Comments
122.दशै अघि नै यो(मोहन बिहानी)
भ्रष्टाचारीहरुलाई छानी छानी जेलमा हाल्नु पर्छ,
नाताबाद, कृपावाद र फरियावादि नेताहरुलाई,
फोहर फाले झै कन्टेनर एक एक गरी फाल्नु पर्छ।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
http://mohanbihani.blogspot.com/
1:49 AM | Labels: मोहन बिहानी | 0 Comments
120.जाँदै थिएँ बाइकमा(मोहन बिहानी)

जाँदै थिएँ बाइकमा माइक्रोबसबाटै हाई भनि,
जाउन घुम्न बाइकमा भन्दा हतारमा छु नाई भनि,
गर्न थालि मोबाईलमा गफ दिनहुँ माया प्रेमको,
प्रेम प्रस्ताब राख्न नपाई तपाई त मेरो दाइ भनि।
मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही
२०६९-०४-०४- बिहिबार
http://mohanbihani.blogspot.com/
9:33 AM | Labels: मोहन बिहानी | 0 Comments
119.चिहाएर लुकी हेर्ने(मोहन बिहानी,)
9:12 AM | Labels: मोहन बिहानी | 0 Comments
118.लोभ लाग्दो तिम्रो बैश(मोहन बिहानी)
![]() |
| मोहन बिहानी |
http://
9:03 AM | Labels: मोहन बिहानी | 0 Comments
117. कथाले मागेपछि.(मोहन बिहानी)
![]() |
मोहन बिहानी |
________
छेस्का _________
मेटायौ प्यास त के भो_ असाध्यै तिर्खा लागेपछि,
गुनासो रहेन अब तिमीनै _झिल्के सङ्ग भागे पछि,
अतित सम्झिएर बर्तमान अध्यारो बनाउने छैन तर,
तिम्रो जीवनमा आउन सक्छु कुनै पल _कथाले मागेपछि।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही
--http://mohanbihani.blogspot.com/
8:55 AM | Labels: मोहन बिहानी | 0 Comments
72.सुरुवात गरेउ सम्बन्ध नरिवल फुटाएर,
खस्रो मसिनो हुनु थियो भयो जीवनमा,
आखिर किन पराई भएउ नाता टुटाएर??
Copyright@--मोहन बिहानी,
http://mohanbihani.blogspot.com/
3:14 AM | Labels: छेस्काहरु, मोहन बिहानी | 0 Comments
66.मोहन विहानीका दुई छेस्काहरु
![]() |
| मोहन बिहानी |
रुप र यौवनका कुरा दिन हुन्जेल,
साउँ र ब्याजका कुरा रिन हुन्जेल।
फेरिएन मुहार देशको कहिले नि,
नेताहरु भ्रस्टाचारमा लीन हुन्जेल।
Copyright@---मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
२०६९-०५-०७ बिहीवार
***********छेस्का **************
तिम्रो यौवन को फुल फुले जस्तो देख्छु,
हिजो भन्दा आज अझै खुले जस्तो देख्छु,
फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
२०६९-०५-०७ बिहीवार
http://
7:09 PM | Labels: मोहन बिहानी | 0 Comments
45. मोहन विहानीका दुई छेस्काहरु
सुख खोज्ने रहरले पसियो शहर
पिडा र अभाव मात्रै भो हर प्रहर
दु:ख टाँसियो फेबिकोल जसरि टपक्क
आबश्यकता भो अब जीवनमा जहर ।
2.छेस्का
तिम्रो यादमा फाटेको मन एक्लै सिउनु पो मज्जा
जमझट भन्दा कहिले काँहि एक्लै पिउनु पो मज्जा,
सङ्गै बस्ता ठाक ठाक ठुक ठुक पारी रन्थ्यो जहिले नी ,
तिमि नेपाल म अरबमा एक्लै तड्पिनु पो मज्जा ।
Copyright @
मोहन बिहानी भक्तिपुर-७
सर्लाही २०६९-०३-१४
12:00 AM | Labels: मोहन बिहानी | 0 Comments
7.छेस्का- मोहन बिहानी
एकान्तमा एक्लै भेट्दा सुटुक्क मेरो हात किन समाएको ?
डुबौ न त मायाको सागरमा भन्दा, खुट्टा किन कमाएको ?
बाँधिएर आलिङगनमा चुम्बन साटा साट गर्दाको पलमा,
मृगतृष्णा पुरा भए झै हर्ष अनि खुशीले तिमी किन रमाएको ?
-- भक्तिपुर-७ सर्लाही --
4:56 AM | Labels: छेस्काहरु, मोहन बिहानी | 0 Comments
6.छेस्का- मोहन बिहानी
**********************
मुसुक्क हाँसेर आँखा मारेकी, देखेको तिमीलाई,
हिम्मत गरेर मैले प्रेमपत्र ,लेखेको तिमीलाई।
ईसारा गरेर बोलाए झै लाग्यो तिमीले मलाई,
र त हतारिदै देउरालीमा बाटो,छेकेको तिमिलाई।
***************
भक्तिपुर-७ सर्लाही
4:53 AM | Labels: छेस्काहरु, मोहन बिहानी | 0 Comments
Pageviews
- Achyut Ghimire Bulbul
- अनमोल गौरव
- अभागी मुकेश
- आशीष दनाई
- आषिश दनाई
- उमेश श्रेष्ठ
- कुमार बुढाथोकी आयुष
- कुरमा श्रेष्ठ
- कुशल सुमन
- कृष्ण पौड्याल
- कृष्ण साही
- कैलाश राई
- गणेश पौड्याल
- गरुवाली (तारा प्र .अधिकारी )
- गोविन्द पाण्डे
- गौरब श्रेष्ठ “मनकुरा”
- चित्र सोल्टि गुरुङ
- छेस्का लेखकहरु
- छेस्काहरु
- जीतु खड्का गाउले
- टि.बि सागर
- दिपक काफ्ले
- दिपक थापा
- नबिन नेपाल
- प्रकाश अज्न्बी
- बिरेन्द्र गुरुङ
- मेरो गौरब
- मोहन बिहानी
- रतन बहादुर वि.के
- राम शरण श्रेष्ठ
- रोहित राना
- लालीगुराँस नारायण श्रेष्ठ
- शान्ति पाखरिन
- शान्ति पाख्रिन
- शाबुल शाण्डिल्य
- शुनिल न्यौपाने मार्लिङ्ग
- शुमन काले
- शेर्पीनी कान्छी
- सुमन काले
- सुरज गुरुङ
केहि चर्चित ब्लगहरु
PAGES
Popular Posts
-
मुक्तक पिउन थालें धेरै उसले याद पठाएपछी सराबी भएँ आफै दिलले दील जलाएपछी कस्तो मायाँ तिम्रो बुझ्नै सकिन प्रिया मेरै नजर सामु पराई हा...
-
मोहन बिहानी 1.मुक्तक *************** पहिले मलेसिया अहिले कतारमा छु । छिट्टो पैसा कमाउने हतारमा छु ।। साहुको ब्याज बढदैछ दिनका दिन ...
-
1. मुक्तक मेरो कथाकी नायिका तिम्लाई बनाईदिएँ । अनि यो मुटु भरीभरी तस्विर सजाईदिएँ । सुरु अन्त तिमी बाटै हुन्छ सधै मेरो यसरी मैल...
-
मुक्तक-1 खोले गुन्द्रुक आफ्नै नेपाली खानपानको खोजिमा छु । दौरा सुरुवाल टोपी लाउदा सम्मानको खोजिमा छु । यहाँ जे जे गर्दा हुन्छ,जसले जसलाई मा...
-
1.मुक्तक भो पुरानो घाउ अब त्यो साथको कुरा नगर, टेलिफोन मा दिनहुँ हुने बातको कुरा नगर, बर्षौ भयेछ दुई किनारा भै छुट्टिएको अब त अतित...
-
1.मुक्तक देउतालाइ पुज़्न याहा फुल तोडनु पर्यो एउटालाइ पाउन याहा अर्को छोडनु पर्यो केही पाउन याह केही गुमाउन पर्ने उस्कै ला...
-
1. मुक्तक मेरो कथाकी नायिका तिम्लाई बनाईदिएँ । अनि यो मुटु भरीभरी तस्विर सजाईदिएँ । सुरु अन्त तिमी बाटै हुन्छ सधै मेरो यसरी मैल...
-
1.मुक्तक सम्झेरै वित्छन् हर दिन हर रात ।। त्यसै ढल्किन्छन् हर दिन हर रात ।। मेरो मुस्कान कता हरायो हरायो कसैले सम्झिन्छन् हर दिन हर र...
-
1. मुक्तक झुप्रो हो तर दरबार सरी छ॥ एक्लो जिन्दगी घरबार सरी छ॥ भन्नेले यहाँ जे सुकै भने पनी॥ सानो कलम तरवार सरी छ॥ "अभागी"...
-
पहिला आफुलाई महान भएको घोषण गर्यो ।। त्यसपछि आफै भगवान भएको घोषण गर्यो ।। उस्का आदेसहरु सर्ब शक्तिमान भएपछी अनि आफुनै देशको संविधान भ...









