Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

"छेस्का" परिचय

छेस्का परिचय
छेस्का सुन्दा गाउँघरमा प्रयोग गरिने अलि गाउँले नाम जस्तो लागेपनि साहित्यमा आजभोली विस्तारै लोकप्रिय बन्दै गएको स्वादिलो अचार जस्तो, चोटिलो प्रहार जस्तो गहण विषयबस्तुलाई चारलाईनमा समेटिएको कवितात्मक भाबले भरिपूर्ण जहाँ छोटा मिठा दुई शेरको बेजोड भाव बोकेको गजल तर छुट्टै पहिचान र अस्तित्व बोकेको विधाका रुपमा लिन छेस्का लाई लिन सकिन्छ ।

यसलाई फारषीभाषामा गाइने छोटो गीति लय पनि भन्ने गरिन्छ । नेपाली लयहरु झ्याउरे, हाक्पारे, पालाम, सिली, सेलो इत्यादि झैं यसको पनि आफ्नै संरचना छ । यसको पनि आफ्नै नियम छ ।

छेस्का सुन्दा अनौठो लागेपनि यो मिठो र सरपूर्ण र चिटिक्क परेको हुन्छ् । छेस्कामा अनिवार्य रुपमा ४ लाईन हुन जरुरी छ जुन २–२ लाईनलाई एक ठाउँमा राखेर विभाजन गर्दा गरिन्छन् जसलाई शेरहरु भन्न सकिन्छ । गजलकै नियम यसमा पनि लागू हुन्छ । सुरुको शेर मतला र अन्त मकत्ता भन्न पनि सकिन्छ । सुरुको २ लाईन अथवा मसरा मा अघिल्लो लाईन मिसरा ए उला र पछिल्लो लाईन मिसराए सानी दुबैमा काफिया अनिवार्य हुन्छ । त्यस्तै अन्तिम या दोस्रो शेर मा गजलकै नियम लागू हुनछ यानकी मिसराए सानी मा मतला संग स्वर ब्यञ्जन मिल्ने काफियाको प्रयोग हुनुपर्छ ।

यहाँ प्रयोग गरिएका शेरहरु यति शक्तिसालिहुनुपर्छ कि सम्पूर्ण भावहरु भन्न खोजिएका कुराहरु ति २ लाईनमा समेटियोस् । पहिलो शेरले विषयलाई सुरुवात सँगै मध्य सम्म लैजाने र दोस्रो सेरले बिषय बस्तुलाई निष्कर्षमा निर्णय प्रदान गर्ने क्षमता बोकेका शेरहरु भए मात्र छेस्का सफल हुन्छ भन्नाले हरेर शेरहरु एकदम दमदार र आफैमा परिपूर्ण हुन जरुरी छ ।

केही छेस्काका उदाहरणहरु

# छेस्का (१.एक )
भगवान पनि भागि गयो ।।
पैसाकै पछि लागि गयो ।।

गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो ।।
 राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

# छेस्का (२ दुई )
च्व्स्स बिझ्ने वचन बातसंगै रोएँ ।।
अचम्मै थियो नशा मातसंगै रोएँ ।।

सुन्ने कोही थिएन, चित्कार मेरो
औंशीको कालो-अँध्यारो रातसंगै रोएँ ।।
रोहित राना
बुटवल रुपन्देहि
हाल काबुल, अफ्गानिस्थान ।

#छेस्का (३ तिन )
फाटिएको मन सिउनुको कारण छ।
जेनतेन यसरि जिउनुको कारण छ।

सधै पिएर किन ? तिमि सोधिरहन्छौ,
साच्चै मैले यसरि, पिउनुको कारण छ।
समिपा शाह ठकुरी

छेस्का नं. ३ लाई विस्तृतमा बुझ्दा
(यहाँ सिउनुको, जिउनुको र पिउनुको (काफिया) मध्यानुप्राश हो । त्यसपछि आएका जस्तै (रदिफ) अन्त्यानुप्राश हो । पहिलो, दोश्रो र चौंथो हरफमा अनिर्वाय काफियाको आवश्यक्ता पर्दछ । रदिफ भए अझ सुनमा सुगन्ध झैं हुन्छ । पहिलो लाईनले विषयवस्तुमा प्रवेश,  दोस्रो लाईनले थप व्याख्या, तेस्रो लाईनले तथ्य उजागर गर्दै  कौतुहलता र चौथालाईनले समग्र भावलाई एकमुष्ठ रुपमा प्रहार र्गदछ र निष्कर्ष दिन्छ । समग्र छेस्का एउटै विषयमा केन्द्रित हुन आवश्यक छ । काफिया अलमलका कारण पूरा नभएका गजलका दुई शेरलाई पनि छेस्का भन्न थालिएकोछ तर यो नत गजलको लागि हितकर हुन्छ न त छेस्काको लागि नै । छेस्का आफैमा छेस्का हो यसरी गजल नबनेको खण्डमा २ शेरलिएर छेस्का भनियो भने छेस्काको भावनै मरेर जान्छ भन्नुको मतलब त्यो छेस्का छेस्का नै बन्दैन् छेस्का प्रति न्याय हुँदैन । साहित्यका अरु विधाझैं छेस्कालाई पनि विश्वास र सम्मान पुर्वक सम्झनु पर्छ र लेखिनु आवश्यक छ तब मात्र पूर्ण र सक्षम छेस्का बन्दछ ।

छेस्का संसार तपाईहरु सबैलाई हाम्रो परिवारमा हार्दिक स्वागत गर्दछ ।

All Copyright Reserved
तयार पार्ने,
राम शरण श्रेष्ठ
रोहित राना
गौरब श्रेष्ठ
नेपाली गजलका साथीहरु
छेस्का परिवार  
Blog :
http://chheskasansar.blogspot.com/

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker