Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Showing posts with label आषिश दनाई. Show all posts
Showing posts with label आषिश दनाई. Show all posts

82.छेस्काहरु


        1.
        पहीचान बेच्नेहरु छन् यहाँ
        ईमान बेच्नेहरु छन् यहाँ

        अरू त के कुरा गर्नु हजुर
        ज्यान बेच्नेहरु छन् यहाँ
        2.
        मेरा यी नयनले घात लाग्ला ितमीलाई
        नखाएकै मदीराले मात लाग्ला ितमीलाई

        बाटो बाटो ितमी मेरै भन्दै िहड्छ्यौ अरे
        होसे गर है यौ कुराले बात लाग्ला ितमीलाई
        3.
        साहित्यमा कुनै दल हुनुहुन्न
        यस्तै लेख्नुपर्ने पहल हुनुहुन्न

        सिदा होस् या छड्के गर्नुपरछ प्रहार
        तर त्यसमा कुनै छल हुनुहुन्न
        4.
        यो सरकार ढलाईदिन्छु अब
        बिदेसी शक्ित गलाईदिन्छु अब

        झै पनि सहमती गर्दैनन् भने
        सबै नेतालाई जलाईदिन्छु अब

        5.
        एक धर्को सीन्दुरको भाउ तिमीलाई के थाहा
        नाम त थाह छैन मेरो, गाउ तिमीलाई के थाहा

        म आफ्नै त भर छैन कैले कहाँ जान्छु
        सधै भरी बस्ने मेरो ठाउ तिमीलाई के थाहा
        6.
        सुरूवात गर्दैछु बिस्तारै बिस्तारै
        नजिकै सर्दैछु बिस्तारै बिस्तारै

        जोगी बनेर हिड्नलाई अब
        खरानी दल्दैछु बिस्तारै बिस्तारै
        7.
        तिमले आऊ भन्दैमा म कहाँ मान्छु र?
        तिमले जाऊ भन्दैमा म कहाँ मान्छु र?

        तिमीलाई त रमाईलो होला मलाई पिलाउदा
        तिमले खाऊ भन्दैमा म कहाँ मान्छु र?
        8.
        यस्तो पारालो खै के इन्जिनियर बन्नु
        झारा टाराले खै के इन्जिनियर बन्नु

        मै इन्जिनियर तै इन्जिनियर जताततै
        गाउका साराले खै के इन्जिनियर बन्नु
        9.
        म त बेहोसीमै बाचेको छु
        तिम्रै लागी यो दिल साचेको छु

        पागल भएर होला प्यारमा तिम्रो
        कैले त बाटोमै नाचेको छु
        10.
        गरिबलाई झुपडीकै बास नेपालमा
        कसको गर्ने गरिबले आश नेपालमा

        राजतन्त्र मेटिएर गणतन्त्र आयो तर
        गरिबलाई कहिल्यै हुन्न खास नेपालमा

        -आशीष दनाई
        बेसिशहर, लमजुङ

51.फकिर हुँ म घुम्दै..



फकिर हुँ म घुम्दै हिंड्ने गर्छु
प्रेम नगरिमा डुल्दै हिंड्ने गर्छु

कस्ले वस्ता गर्छ र यो आशिष को
सुख दुस्ख मै भुल्दै हिंड्ने गर्छु

अशिष दनाई
गाउँशहर(२, दनाईगाउँ
लमजुङ

5. छेस्का-आषिश दनाई



हिजो नपिएरै मातिए म
आज पिएर नि आतिए म

बाहिर हेर्दा ठीकै देखिन्छु
तर भित्र भित्रै च्यातिए म 

Ashish Danai
Gaunshahar-2,Danaigaun
Lamjung


Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker