Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

मुक्तकहरू (राम शरण श्रेष्ठ)

1.मुक्तक
मेरो कथाकी नायिका तिम्लाई बनाईदिएँ । 
अनि यो मुटु भरीभरी तस्विर सजाईदिएँ । 
सुरु अन्त तिमी बाटै हुन्छ सधै मेरो 
यसरी मैलै सिमा नाघेर मन पराईदिएँ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

2.मुक्तक
पहिला गुलाब उपहार बनायौ ।
चिनजान बढाएर प्यार बनायौ ।
दिएपछी जम्मै राजिनामा धड्कन
मुटुलाईनै तिमीले कारागार बनायौ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

3.मुक्तक
पखेटा काटेर उड्न लगाइन्छ ।
जिबितै मारेर निर्जिब बनाइन्छ ।
ति बिमारी जम्मै मरिसकेपछी
गाउँतिर बल्ल डाक्टर पठाइन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
4.मुक्तक
सक्छौ भने बिस्वास दिलाइदेउ । 
अनि आफैलाई सबित गराइदेउ । 
म त तिम्रै लागि समर्पितछु उस्तै 
सक्छौ मरिरहेको प्रेम बचाइदेउ । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
5.मुक्तक
म आउँदैछु बताउन तयारी कस्तो छ । 
पर्खाइमा छट्पटीको बिमारी कस्तो छ । 
म एउटा महायज्ञ सोचिरहेछु प्रेमको 
बताउन तिम्रोतिर पुजारी कस्तो छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

1 comments:

Anonymous said...

free cash bonus no deposit casino 우리카지노 우리카지노 betway login betway login 우리카지노 우리카지노 57VR Sports Betting and Online Casino | App Review

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker