Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

10.चार छेस्का- शाबुल शाण्डिल्य

-शाबुल शाण्डिल्य
१.
पासा जाल सकेसम्म फेकिंदैछ ऐले
दर्शनको नारा भीड देखिंदैछ ऐले
सु-शासनको नयाँ भाका झिकीझिकी
अन्धाहरूलाई ऐना बेचिंदैछ ऐले ।

२.
 इज्जत जान्छ भनी कति डर मान्छन्
आत्मा झुकाउने तिखो सर मान्छन्
लाज, घिन मान्छौं हामी तर ठूला-वडा
दलालीलाई ईश्वरकै वर मान्छन् ।

३.
द्वन्द्व,
भत्काएर बार पाटी उरालेर देश
सार्वजनिक सम्पत्तिलाई पार्दै ध्वंश ध्वंश
किन ? भन्दा राष्ट्रोत्थान गरिरेछौं भन्छन्
एउटा लाग्छ जरासन्ध अर्का हुँदै कंश ।

४.
राष्ट्रियता चिथोरेर सातो लानेहरू
फरिया र पेटिकोट ओढी जानेहरू
यतिखेर फणा उठाइ गोमनझैँ बन्दै
राष्ट्रवादी हुँदैगा'छन् देश खानेहरू !                                                                   
-निर्मोहीनगर, चनद्रनिगाहपुर -१
Source : http://www.damadol.com/thoktak_kabita.php?id=22&page=4

0 comments:

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker