Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...

130.राम शरण श्रेष्ठका केहि मुक्तकहरु

1.मुक्तक
मालिक भएर बाँच्छन् अमिरहरु ।।
दासझैं भएर बाँच्छन् गरिबहरु ।।
मंन्दिरहरुमा जान छोडिसकेको छु
हुनेखानेकै रहेछन् सब तपसिलहरु ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 


2. मुक्तक
अब फेरी छलफल नचलाउ ।।
ताकी ताकी गजल नचलाउ ।।
सक्दिँन सहन शब्दका वाणहरु
इमान बेच्ने पसल नचलाउ ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 


3.मुक्तक
उस्ले चोटै चोट किन दियो होला ।।
पूरा नहुने अठोट किन दियो होला ।।
आज सम्म उ दुखेर बसिरहेछ कठै
प्रेममा खोटै खोट किन दियो होला ।।
 

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 


4.मुक्तक
नजरको हानाहान चलिरहेकोछ ।।
आ–आफ्नै स्वाभिमान चलिरहेछ ।।
कस्ले राख्ने प्रस्ताब सोचिरहेछु
प्रेमको यो अभियान चलिरहेछ ।।
 

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 



5.मुक्तक
कोहि कोहि यादमा आइरहन्छ ।।
झन मुटुको माझमा आइरहन्छ ।।
अति दुर दुर भएर पनि झन झन
आभाष मन्द बतासमा आइरहन्छ ।।
 

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 


6.मुक्तक
बहकिन्छ यो मन के गरुँ म ।।
मन पर्छ झनझन के गरुँ म ।।
हुन्न, हुँदै हुन्न, उस्ले भनिरहँदा
बढिरहेको पागल पन के गरुँ म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 

http://chisapaninepal.blogspot.com/ 

0 comments:

Post a Comment

Nepali Gazal ka Sathiharu (Chheska Sansar). Powered by Blogger.

Pageviews

Popular Posts

Followers

Chheska Tracker

eXTReMe Tracker